Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै


    शुक्रबार, चैत्र २७ २०८२
    370
    Shares
    प्रतिनिधिसभा बैठक काठमाडौँ, २३ चैतः प्रतिनिधिसभाको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् ।

    यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।

    नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार