काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट प्रेषित पत्रअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहसँग जोडिएको स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति प्रकरणमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै मन्त्री मेहताको भूमिकामाथि पनि प्रश्न उठाइएको हो।
रास्वपाले केन्द्रीय अनुशासन आयोगको अध्ययनका आधारमा उक्त प्रकरणले पार्टीको छवि, आदर्श र मर्यादामा नकारात्मक असर पारेको निष्कर्ष निकालेको जनाएको छ। सोही सन्दर्भमा सम्बन्धित विषयमा जिम्मेवार मन्त्रालयको नेतृत्वमा रहेकी मन्त्री मेहतालाई सचेत गराउन आवश्यक देखिएको पत्रमा उल्लेख छ। यही प्रकरणमा श्रम मन्त्री शाह बर्खास्त भइसकेका छन्।

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend