Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • उपसभामुखका लागि मनोनयन दर्ता आज


    बिहिबार, चैत्र २६ २०८२
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा उपसभामुखका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

    संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

    प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा आज दिउसो २ः ३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी उपसभामुखको निर्वाचन शुक्रबार हुने गरि सभामुख डिपी अर्यालले मिति तोकेका छन् ।

    शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय भएको छ । उपसभामुख सभामुख भन्दा फरक दलको हुनुपर्ने भएकाले विपक्षी दलहरुबाट उम्मेदवारी पर्ने भएको छ ।

    संबैधानिक व्यवस्था अनुसार पुरुष सभामुख भएकाले उपसभामुख महिला बन्ने निश्चित छ । प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत निकट रहेकाले उसको समर्थन पाउने दलले उपसभामुख पाउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार