काठमाडौं । । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ पूर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्पत्तिबारे भ्रामक प्रचार गरिएको बताएका छन् । उनले आफ्नो जीवन खुल्ला कितावन खुला किताब हो भनेका छन् ।
स्वास्थ्य उपचारका लागि पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै हाल हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
मंगलबार साँझ अदालतबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पूर्जी जारी भएको थियो । उक्त घटनापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै देउवाले आफूविरुद्ध सुरु भएको अनुसन्धानबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन् ।
उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण नेपालका सम्बन्धित निकायमा नियमित रूपमा बुझाउँदै आएको दाबी गरेका छन् ।
‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । मेरो जीवन एउटा खुला पुस्तक हो ’ देउवाको भनाइ छ ।
यस प्रकरणको पृष्ठभूमिमा गत भदौ २४ गते जनेजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको घटना छ ।
सो क्रममा देउवा दम्पती घाइते भएका थिए भने आगलागीपछि जलेको अवस्थामा नगद भेटिएको भनिएका भिडिओहरू सार्वजनिक भएपछि उनीहरूको सम्पत्तिको स्रोतबारे व्यापक प्रश्न उठ्न थालेको थियो ।
देउवाले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको स्मरण गराउँदै विगतमा आफूले अघि सारेका भ्रष्टाचारविरोधी कानुनहरूको उल्लेखसमेत गरेका छन् ।
‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्न म गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरो प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको सर्वविदित छ’ उनले भने ।
वास्तविकता समयक्रमसँगै बाहिर आउने विश्वास व्यक्त गर्दै उनले अतिरञ्जित र अपुष्ट विवरणको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यस्तो छ देउवाको भनाइ

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend