Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेश सभाका सचिव बुढाथोकीले दिए राजीनामा


    बुधबार, चैत्र २५ २०८२
    465
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशसभाका सचिव जीवनराज बुढाथोकीले राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।

    कर्णाली प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले बुढाथोकीको राजीनामा पत्र आएको जानकारी दिइन्। यद्यपी उनको राजीनामा स्वीकृत भने हुन बाँकी रहेको उनले बताइन् ।

    २०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका बुढाथोकी २०८१ जेठ १३ मा दोस्रोपटक पुनः प्रदेश सभा सचिवमा दोहोरिएका थिए ।

    ६५ वर्ष उमेर पूरा भए पनि पदबाट राजीनामा नदिएपछि उनको चौतर्फि आलोचना भएको थियो । २०१७ चैत ४ गते जन्मिएका बुढाथोकी २०८२ चैत ४ गते ६५ वर्ष पूरा भएका थिए ।

    प्रदेश सभा सचिवालयसम्बन्धी ऐन, २०७५ को दफा ८ को खण्ड ९घ० मा सचिवको योग्यता ४० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, सचिव बुढाथोकीको उमेर हद ६५ वर्ष पूरा भएको २१ दिनपछि राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार