Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सरकारले बढायो सार्वजनिक सवारी भाडा


    बुधबार, चैत्र २५ २०८२
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

    वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले जानकारी दिए।

    पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए।

    विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ। मालवाहक तराई १५.७५ प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार