प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख अर्याल
काठमाडौँ, २३ चैतः सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्याल । तस्बिरः रत्न
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बैठक मध्याह्न १२ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।
काठमाडौँ। भोटेकोसी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना ९पीएलए० को विमान शुक्रबार दिउँसो...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend