काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बुधबार दिउँसो १२ बजेपछि सिंहदरबारमा राजदूतहरुसँग छलफल गर्न लागेको हो।
यस अघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रूपमा भेट्न लागेका हुन्।
प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले राजदूतहरूसँगको सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन्।
यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले राजदूतहरुसँग आज पहिलोपटक सामूहिक छलफल गर्न लागेका हुन्।
राजदूतहरुसँग छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन्।
राजदूतहरुसँगको भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका विष्यामा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend