Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रधानमन्त्रीले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्दै


    बुधबार, चैत्र २५ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने भएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बुधबार दिउँसो १२ बजेपछि सिंहदरबारमा राजदूतहरुसँग छलफल गर्न लागेको हो।

    यस अघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रूपमा भेट्न लागेका हुन्।

    प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले राजदूतहरूसँगको सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन्।

    यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले राजदूतहरुसँग आज पहिलोपटक सामूहिक छलफल गर्न लागेका हुन्।

    राजदूतहरुसँग छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन्।

    राजदूतहरुसँगको भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका विष्यामा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार