काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई विभागीय प्रमुखले रातो नम्बर प्लेट राखेर प्रयोग सरकारी सवारीसाधन प्रयोग गरेको समाचार नेपालफेसले मंगलबार बिहान प्रकाशित गरेपछि एउटा गाडीमा सेतो नम्बर राख्न प्रशासनले निर्देशन दिइसकेको छ । अर्को गाडी आयोजनाको भएकाले अझै पनि रातो नम्बर प्लेटमै रहेको छ ।
योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदीले प्रयोग गरिरहेको बा १२ च १४१ नम्बरको गाडीमा सेतो नम्बर प्लेट राख्नका लागि पठाइसकिएको महानगर स्रोतले बताएको छ ।
स्रोतका अनुसार वातावरण बिभागकी प्रमुख सरिता राईले आफूले प्रयोग गरिरहेको गाडीको अझै पनि सेतो नम्बर परिवर्तन गर्न आनाकानी गरिरहेकी छन् । उनले प्रयोग गर्दैआएको २६४४ नम्बरको सरकारी गाडी महानगर अन्तर्गतकै चःमती जग्गा एकीकरण आयोजनाको हो ।
महानगरका दुबै अधिकारीले सुरक्षाका कारण देखाउँदै सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गर्दैआएका थिए ।
महानगरको सेतो नम्बर प्लेटको गाडीमा रातो नम्बरप्लेट राखेकाले शनिबार र अन्य सार्वजनिक बिदाका दिन राई र लामिछाने ढुक्कका साथ घुमघाममा समेत जाने गरेको आरोप लाग्दैआएको छ । महानगरको गाडी र इन्धनको दुरुपयोग यसरी गर्न उनीहरुले वालेन्द्र शाह मेयर हुँदादेखि नै पाउँदैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend