Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट


    मंगलबार, चैत्र २४ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ।

    आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

    मन्त्री रावलका अनुसार, पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा छुट दिने निर्णय भएको हो। यसले पेट्रोलियम पदार्थको मुल्य वृद्धि रोक्न सहयोग पुग्ने उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार