Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त


    मंगलबार, चैत्र २४ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

    आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

    संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।

    विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार