एजेन्सी । इरानले जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्न पाकिस्तानमार्फत अमेरिकालाई शान्ति प्रस्ताव पठाएको छ । दुई देशबीचको वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ पठाएको हो ।
समाचार एजेन्सी आईआरएनएका अनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि आज मंगलबारसम्मको समयसीमा दिएका थिए । ट्रम्पले दिएको समयअगावै इरानले जवाफ पठाएको हो ।
ट्रम्पले मंगलबारसम्म होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की दिएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर अमेरिकाको १५–बुँदे योजना अस्वीकार गरेको पनि दाबी गरेका छन्।
आईआरएनएले लेखेको छ, ‘इरानको दश–अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ। बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ।’
समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन् ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी इरानलाई कडा चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ ।’
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend