काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न महत्त्वपूर्ण विकास आयोजना तीव्र गतिमा अघि बढाउन सुझाव दिएका छन् ।
सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री शाहले गरेको छलफलमा सहभागी पुनले रोल्पा र लुम्बिनी प्रदेशका चालु तथा नयाँ आयोजनालाई प्राथमिकता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन जोड दिए । उनले अन्तर्राष्ट्रिय उडान नियमित गर्न हवाई मार्गका लागि भारतसँग कूटनीतिक संवाद तत्काल अघि बढाउन ढिलाइ नगर्न आग्रह गरे । ‘भैरहवामा श्रम डेस्क राखेर पर्यटन क्षेत्रको सम्भावना खोल्न अब ढिला गर्नु हुँदैन,’ पुनले भने । यस्तै, दाङको कोइलाबास(रोल्पा(रुकुम(डोल्पा जोड्ने शहीद मार्गको निर्माणलाई गति दिन, घोराही(होलेरी खण्ड कालोपत्रे र रोल्पाको सुलीचौर(उवा खण्ड स्तरोन्नति गर्न बजेट व्यवस्था गर्न उनले माग गरे । उक्त सडकको चीनसँग जोडिने रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो ।
रोल्पाको माडी बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माण अघि बढाउन र आफू अर्थमन्त्री हुँदा बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना पुनः सञ्चालन गर्न पुनले जोड दिए ।
उनले भरतपुर-बुटवल-पोखरालाई केन्द्र बनाएर निजी क्षेत्रसँग साझेदारीमा एकीकृत विकास गर्दा मुलुकको अर्थतन्त्रमा ‘गेम चेन्जर’ बन्न सक्ने बताए । लुम्बिनी प्रदेशमा सिंचाइ, मल, बिउ र आधुनिक कृषि प्रविधिमार्फत एकीकृत कृषि विकास परियोजना अघि बढाउन समेत उनले सुझाव दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (असोज ८) गते संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर...
काठमाडौँ। भोटेकोसी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना ९पीएलए० को विमान शुक्रबार दिउँसो...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend