पोखरा । फेवाताल अतिक्रमण गरी निर्माण गरिएको चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्टमा पनि गृहमन्त्रालयको निर्देशनमा डोजर चलाएको छ ।
शनिबार बिहानै वाटर फ्रन्ट होटलको स्विमिङ पुल, गेटमा प्रहरीले डोजर चलाएको हो । गृहमन्त्रालयको निर्देशन बमोजिम शनिबार विहानै प्रहरी र स्थानीय सरकारसँग मिलेर डोजर अपरेसन सुरु गरेको छ ।
उक्त होटल हटाउन सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । प्रहरीले होटलको अरु संरचना भने चलाएको छैन ।
शाक्यको होटल फेवाताल किनारबाट ६५ मिटरभित्र परेका कारण भत्काइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फेवाताल किनारमा रहेका खपौंदी, सेदी लगायत क्षेत्रमा डोजर चलाइएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend