Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • ७ हजार ४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, चैत्र १८ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ वृद्धि भएको छ। यसअघि हिजो (मंगलबार) पनि बढेर कारोबार भएको सुनको भाउ आज पनि उकालो यात्रा तय गरेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ।

    सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ।

    यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार