काठमाडौं । बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा भारत, चीन, पाकिस्तानदेखि बिभिन्न देशका सरकार प्रमुखहरुले बधाइ सन्देश पठाइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्वीटरबाटै बधाइ दिएका थिए ।
यसैक्रममा दलाई लामाका दूत तिब्बती निर्वासित सरकारका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन् ।
लाई लामाको भारतस्थित धर्मशालाबाट केन्द्रीय तिब्बती प्रशासनका प्रमुख छिरिङले बधाइ दिएका हुन् । उनले बधाइ सन्देशमा लेखेका छन्–‘हालैको जेन–जी नेतृत्वको आन्दोलनपछि तपाईं नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको, विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।’
नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख गर्दै नेपालमा बस्दै आएका तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनेका छन् ।
नेपाल र चीन बीचको असल सम्बन्ध, एक चीन नीतिप्रतिको अटल विश्वासमा आँच आउनेगरी दलाइ लामाका मुख्य प्रशासक छिरिङले तिब्बती भूभाग जबर्जस्ती अधिग्रहण गरिएको आरोप लगाएका छन् ।
चुनाव गराउन गठित नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले नै शुभकामना दिएका जिए । जबकि नेपालले तिब्बतलाई चीनको अविभाज्य र सार्वभौम भूभागको रूपमा मान्यता दिँदै आएको छ । नेपाल सधैं एक चीन नीतिको पक्षमा रहँदैआएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend