काठमाडौँ । मध्यपूर्वमा जारी युद्धकाबीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् ।
बीबीसीका अनुसार, खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् ।
बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’
गृह मन्त्रालयले नागरिकलाई आधिकारिक माध्यममा पाइने सूचनाको पालना गर्न पनि भनेको छ ।
यस्तै संयुक्त अरब इमिरेट ९यूएई० को रक्षा मन्त्रालयले केही समय अघि देशको एयर डिफेन्स सिस्टम इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतरालाई जवाफ दिइरहेको छ ।
रक्षा मन्त्रालयले अहिले आइरहेको आवाज मिसाइल र ड्रोनहरू रोक्न खोजेका कारण आइरहेको दाबी पनि गरेको छ ।
त्यस्तै कुवेतको सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स अहिले सत्रुको मिसाइल र ड्रोन हमलाको सामना गरिरहेको छ । सेनाका जनरल स्टाफले विष्फोटको आवाज एयर डिफेन्स सिस्टमबाट सत्रुको आक्रमण रोक्नुको कारणले आइरहेको बताएको छ ।
कुवेत सेनाले नागरिकसँग सम्बन्धित अधिकारीका तर्फबट जारी गरिएको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend