काठमाडौँ। मध्यपूर्वमा जारी युद्धका बिच कतारको सैन्य हेलिकप्टर देशको समुद्री क्षेत्रमा दुर्घटना भएको छ।
कतारको रक्षा मन्त्रालयले आफ्नो एउटा हेलिकप्टर ‘प्राविधिक खराबी’का कारण कतारको जल क्षेत्रमा दुर्घटना भएको बताएको छ।
सरकारी सञ्चारमाध्यममा जारी विज्ञप्तिमा रक्षा मन्त्रालयले हेलिकप्टरका चालक दल र अन्य यात्रुको खोजी तथा उद्धार अभियान सुरु गरिएको बताएको छ।
कतारका अधिकारीहरूले दुर्घटनाका बेला हेलिकप्टर ‘नियमित ड्युटी’मा रहेको बताएका छन्।
दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
जवाफमा इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ। जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend