काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू(पावर प्लान्टहरू)नष्ट गर्ने चेतावनी दिएका छन् ।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले यसलाई विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण बनाउँछ।
ट्रम्पले २१ मार्चको २३स्४४ जीएमटीमा आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा पोस्ट गरेका थिए, जसको अर्थ अमेरिकी राष्ट्रपतिको माग पूरा गर्न इरानसँग २३ मार्चको २३:४४ जीएमटी ९मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३:१४० सम्मको समय छ।
उनले पोस्ट गरेका छन्, ‘यदि इरानले ठीक यसै समयदेखि ४८ घण्टाभित्र होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा र विना कुनै धम्की खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न ऊर्जा केन्द्रहरूमा प्रहार गरेर नष्ट गर्नेछ, जसको सुरुवात सबैभन्दा ठूलोबाट हुनेछ ।’
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, यदि आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने तेहरानले बताएको छ।
इरानले जलमार्गमा लगाएको नाकाबन्दी र जहाजहरूमाथि गरेको आक्रमणका कारण हालैका हप्ताहरूमा तेलको मूल्य ह्वात्तै बढेको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend