काठमाडौँ। इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग ुहोर्मुजु बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सो घटनाको पुष्टि गरे। खड्काका अनुसार, उक्त जहाजमा कार्यरत सबै ुक्रू मेम्बरु लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ, जसमा झा पनि सामेल छन्।
अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए। इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै उक्त जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो। झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए।
मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको जनाएको छ।
होर्मुज एउटा साँगुरो तर विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक जलमार्ग हो। यसले फारसको पर्सियन गल्फलाई ओमानको खाडी र अरब सागरसँग जोड्दछ।
झा जस्तै धेरै नेपालीहरू अन्तर्राष्ट्रिय ुमर्चन्ट नेभीु वा ठूला कार्गो जहाजहरूमा कुक, मेकानिक र सुरक्षा गार्डका रूपमा काम गर्छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend