Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण


    शुक्रबार, चैत्र ६ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ ।

    कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ ।

    यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ ।

    कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    कुवेतका साथै आजै बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि इरानले मिसाइल र ड्रोन प्रहार गरेको छ, जसले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार