Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेभित्रको विवाद चर्किदै : बालुवाटारमा चियापान हुँदा सानेपामा पत्रकार सम्मेलन


    मंगलबार, चैत्र ३ २०७७
    2.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको आन्तरिक विवाद थप फराकिलो हुँदै गएको छ। 

    पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद फराकिलो हुँदै गएको उनीहरुको पछिल्ला दिनका क्रियाकलापले बताउदै आएको छ। 

    यसैबीच आज अध्यक्ष ओलीले चियापान कार्यक्रमको आयोजना गरेका छन् भने आजै नेपाल पक्षले पत्रकार सम्मेलनको आयोजना गरेको छ। 

    नेपाल पक्षले भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा थप जानकारी दिन सानेपामा पत्रकार सम्मेलन गर्न लागेको नेता एवं प्रचार प्रसार प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिएका छन्।  

    ओलीको चियापानमा नजाने भनेर नेपाल पक्षले हिजै निर्णय गरिसकेको छ। 
     
    सोमबार मात्रै एमालेका दुई पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । तर सो छलफलमा कुनै समझदारी नभएको र नेपाल पक्षले आफ्नो पूर्वनिर्धारित कार्यक्रम नरोक्ने स्पष्ट पारेको छ ।

    सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै नेपाल पक्ष रओलीले एकपक्षबीच थप विवाद चर्किएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार