काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
हिजो आइतवार देखि सुरु भएको बैठक आज केही बेर बसेर स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
आजको वैठकमा २० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । धारणा राख्ने अधिकांश सदस्यले पार्टीको नाम अहिले परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिएका छन् ।
उनीहरूले संगठन कसरी विस्तार गर्ने, एकता किन टुट्यो भन्ने विषयमा जनतालाई बुझाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता आउन पत्रसमेत पठाइएकोमा अहिलेसम्म सरकारमा रहेका मन्त्रीहरुबाट जवाफ नआएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend