काठमाडौं । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनामा परेको छ । अमेरिकी सेनाले पश्चिमी इराकमा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।
सेनाले ‘मित्र देशको एयर स्पेस’ मा विमान खसेको बताएको छ । दुईवटा विमानमध्ये एउटा विमान सुरक्षित अवतरण भएको छ । रिफ्युलिङ विमान लडाकु विमानमा हावामै इन्धन भर्ने गर्दछन् ।
केसी–१३५ विमान खस्नुको कारणबारे केही जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमानले यो घटना सत्रुको गोलीबारी या आफ्नै सेनाको गोलीबारीका कारण नभएको बताएको छ । विमानमा सवारहरूको संख्या र हताहतीका बारेमा पनि केही जानकारी सार्वजनिक भएको छैन।
अमेरिकी सेन्ट्रल कमानले भनेको छ, ‘यो घटना इराकको एयर स्पेसमा भएको हो । तर, छिमेकी देश इरानबाट कति दूरीमा छ भन्नेबारेमा केही जानकारी आएको छैन ।’
रिफ्युलिङ ट्यांकर विमान युद्धमा अहम् भूमिका निर्वाह गर्दछन् । यी विमानहरूले लडाकु विमान र बमवर्षक विमानहरूमा हावामै इन्धन दिएर लामो दूरीसम्म उडान भर्न र युद्ध गर्न सक्षम बनाउँछन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend