काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन् । उनले भनिन्- ‘सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्नेबारे छलफल भएको छ ।’
गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ ।
बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुल माध्यमबाट छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका छन् ।
निर्वाचनमा कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय गरिएको उपसचिव आचार्यले बताइन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend