Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान


    बुधबार, फाल्गुन २० २०८२
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।

    प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

    भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् । बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार