Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण


    बुधबार, फाल्गुन २० २०८२
    655
    Shares
    LKS 20250623 DOH11; (FILES) A general view of the Al-Udeid US military air base, south of Doha, on October 23, 2002. Qatar on June 23, 2025 condemned an Iranian attack on the largest US military base in the region, hosted in the Gulf state, calling it a "flagrant violation" of its sovereignty' LEHTIKUVA / AFP, AFP / LEHTIKUVA / RABIH MOGHRABI
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले सो प्रहारेको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।

    कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मङ्गलवार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाएको उल्लेख छ । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ ।

    त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे भने वक्तव्यमा उल्लेख छैन । कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू-भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।

    यसैबीच मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न र हल्लाको सट्टा प्रमाणित सूचनामा भर पर्न आग्रह गरेको छ ।

    यसअघि मङ्गलवार नै मन्त्रालयले इरानी आक्रमण सुरु भएयता कतारी हवाई क्षेत्रतर्फ तीनवटा क्रुज क्षेप्यास्त्र, १०१ वटा बैलिस्टिक क्षेप्यास्त्र र ३९ वटा आत्मघाती ड्रोन आएको पत्ता लागेको जनाएको थियो । तीमध्ये सबै क्षेप्यास्त्र र २४ वटा ड्रोन अवरोध गरिएको मन्त्रालयले दाबी गरेको छ ।

    शनिवार अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेर सर्वोच्च नेता अली खामेनीको ज्यान लिएपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा लक्षित गरी आक्रमण जारी राखेपछि तनाव चुलिएको छ । उक्त आक्रमणमा करिब ८०० जनाको ज्यान गइसकेको जनाइएको छ । यसको जवाफस्वरूप इरानले इजरायलसँगै अमेरिकी सैन्य सम्पत्ति रहेका खाडी मुलुकहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार