Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहा-३ मा पैसा बाड्दै गरेका जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ


    बुधबार, फाल्गुन २० २०८२
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रहेका अशेश्वर यादव पक्राउ परेका छन्।

    निर्वाचन मौनअवधिका बेला उनलाई मध्यरातमा प्रहरीले नगदसहित पक्राउ गरेको हो।

    जिल्ला प्रहरीका कार्यालय सिरहाका डिएसपी रमेश पालका अनुसार गएराति साढे १२ बजे जसपा नेपालका उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको थियो।

    पक्राउ पर्नेमा यादवसहित विष्णुपुर गाउँपालिका-५ कै श्यामकुमार यादव, रामप्रवेश यादव, वीरेन्द्रकुमार यादवर चालक जितेन्द्रकुमार महतो छन्।

    नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र। २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२स्३० बजे सिरहाको शिवचोकमा संयुक्त चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो ।

    प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।

    नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज पठाउने तयारी भइरहेको डिएसपी पालले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार