Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा नगद बाँड्दै गरेका राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता पक्राउ, २५ हजारसहित हिरासतमा


    बुधबार, फाल्गुन २० २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीमा मतदातालाई रकम वितरण गरिरहेको आरोपमा राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट एक कार्यकर्ता पक्राउ परेका छन् । उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको दलसँग आवद्ध व्यक्तिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।

    हरिपुर्वा नगरपालिका–२ निवासी ६५ बर्षीय पुरुषोत्तम यादवलाई गएराति मतदातालाई नगद रकम बाँड्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बल को टोलीले पक्राउ गरेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद भएको छ । उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा गम्भीरतापूर्वक छानबिन भइरहेको बताएका छन् ।

    पैसा बाँड्दै गर्दा पक्राउ परेका राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार