काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेजी गरिएको नेपालखबरलाई बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको हो।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा रहेको थियो। विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरूको विवरणमा उल्लेख छ।
धनुषा-१ मा कांग्रेसबाट रामपल्टन साह, नेकपाबाट मातृकाप्रसाद यादव, एमालेबाट रामचन्द्र मण्डल, जसपाबाट दीपक कार्की, जनमत पार्टीबाट ब्रह्मदेव महतो, राप्रपाबाट मनोज मल्ल ठकुरी, आम जनता पार्टीबाट इन्द्रजित साफी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादव लगायत उम्मेदवार छन्।
२०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी २०७९ सालमा टिकट नपाएपछि जनमत पार्टीतर्फ लागेका थिए। त्यतिवेला चुनावमा पराजित भएपछि पुनः एमाले फर्किएका थिए। यसपटक प्रतिनिधि सभाका लागि एमालेले टिकट नदिएपछि रास्वपामा प्रवेश गरी धनुषा-१ बाट उम्मेदवार बनेका थिए।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend