Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रधानमन्त्री ओलीलाई ट्रिपल डाक्टरीको उपाधि’


    आइतबार, चैत्र १ २०७७
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सामाजिक सञ्जालमार्फत् सनसनीपूर्ण अभिव्यक्ति दिइरहने व्यक्ति हुन् – लेखक खगेन्द्र संग्रौला । 

    पछिल्लो समय मुलुकको राजनीतिक गतिविधिलाई नजिकबाट नियालेका संग्रौलाले कहिले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिन्छन् त कहिले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि। 

    यसैबीच शनिबार राति ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री ओलीलाई ट्रिपल डाक्टरीको उपाधिको संज्ञा दिँदै व्यंग्य हानेका छन् । ओलीले चालेका कदमहरुले गर्दा अहिले सम्म तीन वटा डाक्टरको उपाधि ओलीले पाएको उनले उल्लेख गरेका छन्। 

    उनले लेखेका छन्, प्रधानमन्त्री ओली सरले संविधान भत्काए, संसद भत्काए, शक्ति पृथकीकरणको सन्तुलन भत्काए, राजनीतिक अभिव्यक्तिको मर्यादा भत्काए, सदाचार र पारदर्शिता भत्काए, नेकपा(नेकपा) भत्काए र अब नेकपा(एमाले) भत्काउँदैछन् । ओली सरको ट्रिपल डाक्टरीको पदवीमा अब अर्को डाक्टरी थपिने भो -भत्काउ डाक्टरी !

    ads.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार