Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो : डा. बाबुराम भट्टराई


    आइतबार, चैत्र १ २०७७
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता समीकरणमा निर्णायक भूमिकाममा रहेको प्रतिनिधिसभाको चौथो ठुलो दल रहेको जनता समाजवादी पार्टी (जसपा) यतिबेला चर्चामा रहेको छ।
    पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस निर्णय भने गर्न सकेको छैन। 

    गत फागुन २७ गते बिहीबार पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफ्नो मागबारे जानकारी गराएका थिए, भने शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई, शनिबार फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। 

    यसैबीच, जसपा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले  सामाजिक सञ्जालमार्फत् जसपा तासको जोकर जस्तो नभएको प्रस्ट्याएका छन्। 

    उनले ट्वीट गर्दै भनेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा:

    १,यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैनसबरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!

    २,गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन।

    ३,यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।

    Capture.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार