Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेमा थुपार्न खोजियो: योगेश भट्टराई


    सोमबार, फाल्गुन १८ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् ।

    झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उनले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्य रहेको बताएका हुन् ।

    देश मियो बिनाको हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको दाबी गरे ।

    उनले जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजिएको भन्दै उनले आन्दोलन देश ध्वस्त बनाउने कार्यमा संलग्नहरू चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार