काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरू सोमबार अपराह्नसम्म देशभरका केन्द्रहरूमा पुगिसक्ने भएका छन् ।
निर्वाचन आयोगले सबै कर्मचारीलाई सोमबार अपराह्नभित्र मतदान केन्द्रमा पुग्न निर्देशन दिएको छ । दुर्गम तथा विकट क्षेत्रका मतदान केन्द्रहरूमा भने केही दिनअघिदेखि नै कर्मचारी र सुरक्षाकर्मीहरूको टोली पुगिसकेको छ ।
यातायात सुविधा भएका स्थानमा सोमबार अपराह्नसम्म पुगेर तयारी गर्नुपर्ने आयोगको निर्देशन छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सोमबार बेलुकासम्म सबै केन्द्रमा टोली पुगिसक्नुपर्छ । मतदान केन्द्र पुगेपछि अपराह्नसम्म चार किल्ला तोकी हाता निर्धारण गरेको सूचना टाँस्नुपर्छ, जसले मतदान क्षेत्र स्पष्ट देखियोस् ।
देशभरका निर्वाचन अधिकृत कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्छन् । सामग्री सिलबन्दी गरी २४ घण्टा निगरानीमा राखिन्छ ।
आइतबारसम्म विकटका ३ सयभन्दा बढी केन्द्रमा कर्मचारी पुगिसकेका थिए, विशेष गरी सुदूरपश्चिम र कर्णालीलाई प्राथमिकता दिइएको थियो । सहरी तथा तराई क्षेत्रमा सोमबार अपराह्नसम्म पुग्ने छन् । मतदान अधिकृतले चार किल्ला सूचना टाँसेपछि सर्वपक्षीय बैठक डाक्नेछन्, निर्वाचन प्रचार रोकिएको सूचना जारी गर्नेछन् । मतदान केन्द्र तयार पार्ने, मुचुल्का बनाउने, मतदान सम्पन्न भएपछि मतपेटिका बुझाउने काम हुनेछ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend