काठमाडौँ। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले उनीहरूविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध चाँडै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
यसैबिच त्यसो गरिए अझ कडा आक्रमण गरिने जवाफ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले भर्खरै यसअघि कहिले नगरिएको धेरै शक्तिशाली आक्रमण गर्ने भनेको छ। तर त्यसो नगर्नु उसका लागि राम्रो हुनेछ। किनकि त्यसो गर्यो भने हामी त्यस्तो भीषण आक्रमण गर्नेछौँ, जुन उसले यसअघि कहिले देखेको थिएन।’
यसैबिच इरानको सरकारी टीभी च्यानलका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अयातोल्लाह अली खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा काममा व्यस्त रहेका बेला मारिएको बताएको छ।
इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार आक्रमणमा इरानका सर्वोच्च नेता खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।
सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’
यसैबिच वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जना मारिएको र २०० जना घाइते भएको जनाएको छ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend