Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको हार-जित देशसँग जोडिएको छ: योगेश भट्टराई


    आइतबार, फाल्गुन १७ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित देशको हारजितसँग जोडिएको बताएका छन् ।

    झापा-५ मा ओलीलाई भोट माग्न पुगेका भट्टराईले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ । नेपालीत्वसँग जोडिन्छ । नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ । केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो । राष्ट्रियतालाई माथि उठाउने कुरा हो । हामी नेपाली हुँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो ।’

    पार्टीका आन्तरिक विषयलाई चर्चा परिचर्चा नगरी निर्वाचनमा लाग्न भट्टराईले आग्रह गरे । स्थानीय तहदेखि सङ्घसम्म कोही संसद्, कोही पार्टीमा बसेर साथै केहीले जनसङ्गठनमा रहेर आ९आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार