विराटनगर । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको आशङ्कामा प्रहरीले मोरङको रतुवामाईबाट नेपाली कांग्रेसका ३ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूका साथबाट साढे चार लाख रुपैयाँ नगत बरामद गरेको हो ।
रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई-९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घिमिरे कांग्रेसको भ्रातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरू रतुवामाई(७ जामवाढीबाट गयराति साढे ९ बजेतिर पक्राउ परेका थिए ।
प्रहरीले को.१ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र फेला परेको थियो । सोधपुछ र चेकजाँच गरेर उनीहरूलाई छाडिएको छ । उनले गाडी भने प्रहरीको नियन्त्रणमा रहेको छ । रतुवामाई मोरङ(२ मा पर्छ । यहाँ कांग्रेसका डा। मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend