Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रास्वपा कर्णालीका संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश


    आइतबार, फाल्गुन १७ २०८२
    325
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा आयोजित एक विशेष कार्यक्रमबीच उनीहरू विधिवत रूपमा कांग्रेसमा समाहित भएका हुन्।

    रास्वपाभित्र पछिल्लो समय चुलिएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विक र बस्नेतसहितका नेताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूलाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे।

    प्रवेश गर्ने नेताहरूले रास्वपामा व्यक्तिवादी हावी भएको र संगठनभन्दा ‘स्टन्ट’लाई बढी प्राथमिकता दिइएकाले आफूहरूले विकल्प रोजेको बताएका छन्। विकले भनिन्, ‘हामीले ठूलो आशाका साथ रास्वपा निर्माणमा रगत पसिना बगाएका थियौँ, तर त्यहाँ भुइँतहका कार्यकर्ताको मूल्यांकन हुन सकेन।’

    रास्वपाले कर्णालीमा संगठन विस्तारका लागि चन्द्रा विकलाई सुरुवातमै जिम्मेवारी दिएर पठाएको थियो, जसले जिल्ला-जिल्लामा पुगेर कमिटीहरू गठन गरेकी थिइन्।

    पछिल्लो समय पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप र पार्टीको आन्तरिक लोकतन्त्रमा देखिएको विचलनलाई लिएर कर्णालीका नेताहरू असन्तुष्ट रहँदै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार