काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल गरेको छ । निर्वाचनको आचार संहिता र सुरक्षा संवेदनशीलताको कारण जनाउँदै प्रशासनले यस वर्षको होलीमा कडा प्रतिबन्धहरू लगाएको छ ।
प्रसाशनले सूचना जारी गर्दै सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै-झगडा गर्ने, र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल नपु¥याउन भनिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनको छ ।
यसपटकको होली निर्वाचनको समयसँग जोडिएकोमा निर्वाचन आचारसंहिता पालनामा सीडीओ कार्यालयको जोड छ । होलीमा कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
कोही कसैलाई बाधा नपर्ने गरी आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तजनसँग मात्र होली मनाउन प्रशासनको आग्रह छ । खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मादक पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend