Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा खोटाङ अध्यक्षसहित ३७ जना श्रम संस्कृति पार्टीमा प्रवेश


    शुक्रबार, फाल्गुन १५ २०८२
    330
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • खोटाङ । खोटाङमा जनता समाजवादी पार्टी (जसपा)का चुनावी कमाण्डर बनेका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

    अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हो ।

    श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राई लगायत छन् ।

    श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा जिल्ला अध्यक्ष निर्मल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन् । यस्तै, मुगाधन लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।

    फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेकाबेला जिल्ला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राई अप्ठेरोमा परेका छन् । श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार उठाएको छ ।

    चुनावी कमाण्ड सम्हालिरहेका अध्यक्षले नै पार्टी छाडेपछि जसपाले उपाध्यक्ष गुरुराज राईलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार