Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कसैसँग चुनावी तालमेल नगर्ने ‘प्रचण्ड’को प्रष्टीकरण


    बिहिबार, फाल्गुन १४ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो चुनावमा कसैसँग तालमेल नगर्ने बताएका छन्।

    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसपटक आफूहरू आफ्नै एजेन्डाको बलमा चुनावमा जाने बताए।

    उनले भने, ‘हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ। तर मिडियामा समीकरण बन्नेबारे चर्चा भइरहेको छ। हामीले निरन्तर खण्डन गर्दै आइरहेका छौँ।’

    उनले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए। उनले केही ठाउँमा छाड्ने भन्ने चर्चाबारे सत्यता नभएको बताए।

    नेकपा आफ्नै शक्तिमा चुनावमा होमिएको भन्दै काँग्रेस र एमालेसँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नभएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार