काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान सुचारु हुने बताइएको छ । विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प पारिने गरिए पनि यसपटक निर्वाचन आयोगले हवाई सेवालाई यथावत राख्ने निर्णय गरेको हो ।
आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन पनि हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको छ । यो निर्णयसँगै २१ फागुनमा उडानको टिकट भएका यात्रुहरूले ढुक्कसँग यात्रा गर्न पाउनेछन् ।
आन्तरिक वा अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुहरूले विमानस्थलबाट घर वा होटलसम्म र होटलबाट विमानस्थलसम्म जान निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सको गाडी प्रयोग गर्न पाउने आयोगले जनाएको छ ।
यात्रुहरूले आफ्नो साथमा रहेको हवाई टिकट देखाएरै विमानस्थलसम्मको यात्रा गर्न सक्ने व्यवस्था मिलाउन आयोगले गृहलाई भनेको छ । यसअघिका निर्वाचनहरूमा आन्तरिक उडान पूर्ण रूपमा बन्द गरिँदै आएको थियो, जसका कारण पर्यटक र अत्यावश्यक काममा निस्कनुपर्ने यात्रुहरू मर्कामा पर्दै आएका थिए ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend