Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेमा समानान्तर कमिटी घोषणा गर्ने होडबाजीः माधव नेपाल समूहले तोक्यो प्रदेश इज्चार्जहरु


    शनिबार, फाल्गुन २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार केपी ओली समूहले आफ्नो गुटका मात्र केन्द्रीय सदस्य बोलाएर महासचिवबाहेकका पदाधिकारी खारेज र प्रदेश इन्चार्जहरु तोकेपछि शनिबार माधव नेपाल पक्षले प्रदेश इन्चार्जहरुको जिम्मेवारी तोकेको छ ।

    एमालेमा ओली पक्षले विधान र पद्धति मिचेर केन्द्रीय सदस्यहरुलाई थाहा नै नदिई निर्णय गरेपछि माधव नेपाल समूहले प्रदेश इन्चार्जहरु तोकेको छ । माधव नेपाल समूहले तोकेका प्रदेश इन्चार्जहरुमा प्रदेश १ भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य छन् ।

    त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चि प्रदेशमा भीम रावललाई इन्चार्ज तोकिएको छ ।

    त्यस्तै युवाइन्चार्जमा रघु पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, प्रचारमा योगेश भट्टराई  र महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य र वुद्धिजीवी विभाग प्रमेश हमाललाई तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार