Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • निर्वाचन सुरक्षा तयारी प्रभावकारी बनाउन प्रधान सेनापतिको निर्देशन


    बुधबार, फाल्गुन १३ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

    सुनसरी स्थित पूर्वी पृतना तथा बर्दिबासमा रहेको मध्य-पूर्वी पृतनासहित मातहतका सुरक्षा बेसहरूको स्थलगत निरीक्षणका क्रममा उनले निर्वाचन अवधिमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन्।

    निरीक्षणका क्रममा सम्बन्धित पृतनाहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र निर्वाचन सुरक्षा तयारी र समग्र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार