दहचोक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गर्नुभयो । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराउनुभयो ।
ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा बर्सेनि फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ । विसं २०७५ फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गर्नुभएको थियो । त्यसयता प्रधानमन्त्री ओली प्रत्येक वर्ष फागुन ९ गते दहचोकमा हुने इन्द्रदह पर्यटन महोत्सवमा पुग्दै आउनुभएको छ ।
यही फागुन ९ गते प्रधानमन्त्री ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गर्नुभएको थियो । दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो । काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend