Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • एमाले पूर्वसांसद जानकी देवी नेकपामा प्रवेश


    बुधबार, फाल्गुन १३ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा । नेकपा एमालेका पूर्व समानुपातिक सांसद जानकी देवी राम नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।

    फागुन २ गते एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन्।

    उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्।

    उनले विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुनु, इमान्दार कार्यकर्ताहरू निरुत्साहित हुनु र संगठनात्मक मूल्य कमजोर बन्दै जानुजस्ता कारणले आफू बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार