Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कैलाली- ५ मा नाउपा नेपालका उम्मेदवार नै रास्वपा प्रवेश


    मंगलबार, फाल्गुन १२ २०८२
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका छन्।

    आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले उनलाई समर्थन गर्न तयार भएको बताएका हुन् ।

    उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरे ।

    प्रवेश कार्यक्रममा बोल्दै चौधरीले भने, ‘मेरो एजेन्डा सुशासन, समावेशीता, विकास रहेको थियो। जुन रास्वपाका उम्मेदवारको पनि रहेको छ । परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ ।’

    उनी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार