Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाल – खनाल समूहले केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी बनाउने


    शनिबार, फाल्गुन २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माधव नेपाल र झलनाथ खनाल  समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाउने घोषणा गरेका छन् ।  खनाल–नेपाल समूहले आगामी चैत ४ गते राष्ट्रिय भेला गर्ने तयारी गरेका छन् । 

     नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले त्यसका विरुद्ध पार्टीमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।
    ओलीले आजै महासचिवबाहेक सबै पदाधिकारी खारेज तथा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसको प्रतिवाद गर्न खनाल–नेपाल समूहले आकस्मिक बैठक बोलाएको थियो ।

    समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको एक स्थायी कमिटी सदस्यले बताए । हाल खनाल–नेपाल समूहको नेतृत्व नभएको जिल्लामा नयाँ नेतृत्व चयन गरिने छ ।

    ओलीले एमालेलाई बिसर्जनतिर लगेको खनाल–नेपाल समूहको आरोप छ । उक्त विषयमा केन्द्रीय कमिटी र सांसदहरुसित थप छलफल गर्ने खनाल–नेपाल समूहले निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार