Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • शिक्षण पेसामा कार्यरत कर्मचारी निर्वाचन प्रचार-प्रसारमा सहभागी भए कारवाही हुने


    सोमबार, फाल्गुन ११ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ।

    केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ।

    आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार