Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, ७ जना घाइते


    सोमबार, फाल्गुन ११ २०८२
    455
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुली। मरिण गाउँपालिका-४ सहानस्थित हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार रहेका छन् । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवाल टाउकोमा चोट लागेर घाइते भएका छन् ।

    प्रहरीका अनुसार कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरू ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी पनि घाइते भएका छन् । उनीहरूको कान, टाउको, हात, छाती र मुखमा चोट लागेको बताइएको छ । सबै घाइतेको मरिणकै प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार नवराज बम्जनलाई कामबाट निकालेको विषयलाई लिएर विवाद सुरु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार